Skip to content

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई अनावश्यक दुस्ख दिने गरेको सम्बन्धमा प्रहरी टोलीले १६ जनालाई पक्राउ गरेको छ।

मङ्गलबार प्राप्त सूचनाका आधारमा खटिएको टोलीले एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पवन कुमार भट्टराईका अनुसार अहिले आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट पक्राउ परेकाहरू ३६ वर्षीय बलबहादुर सुनार, ३९ वर्षीय विज्ञान राई, ३१ वर्षीय संजय राजवाहक, ३६ वर्षीय विमल तामाङ, ३५ वर्षीय रमेश कार्की, ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, ३९ वर्षीय उद्धव खनाल र ३६ वर्षीय कल्पना लम्साल रहेका छन् ।

यसैगरी, प्रहरी वृत्त थानकोटबाट पक्राउ परेकाहरू २५ वर्षीय पासाङ तामाङ, ३० वर्षीय शुनिल लामा, २३ वर्षीय सुदिप मगर, २० वर्षीय बुद्ध तामाङ, २६ वर्षीय सुमेश नेपाली, २४ वर्षीय अमन तामाङ, १८ वर्षीय उज्वल सिंह र २६ वर्षीय दिलिप राई रहेका छन् ।

प्रहरीले हाल आवश्यक अनुसन्धान कार्य अगाडि बढाइरहेको र सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार