Skip to content

वैदेशिक रोजगार विभागद्वारा टोकन प्रणाली खारेज : एकदिनमै श्रम स्वीकृति दिन थालियो

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरेको छ । विभागकाअनुसार टोकन प्रणाली खारेज गरेर एक दिनमै श्रम स्वीकृति दिन थालिएको छ ।

विभागका महानिर्देशक मीरा आचार्यले नयाँ सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्राप्त निर्देशन तथा नेपाली श्रमिकको हकहित संरक्षणका लागि विभागले त्यसैअनुसार काम थालेको बताउनुभयो ।

विभागले गएको चैत १५ गते सूचनामार्फत वैदेशिक रोजगार ऐन २०६४ को दफा १० बमोजिम इजाजतपत्रविना वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गरेमा कारबाही हुने चेतावनी दिएको थियो ।

आचार्यकाअनुसार इजाजत प्राप्त म्यानपावर कम्पनीले अन्तर्वार्ताका क्रममा भराउने फारम अङ्ग्रेजी भाषामा मात्र भएकोले श्रमिकले बुझ्दै नबुझी हस्ताक्षर गर्नुपरेको गुनासो सम्बोधन गर्न विभागले नेपाली भाषा वा नेपाली र अङ्ग्रेजी दुवै भाषामा फारम भर्ने व्यवस्था गर्न अनुरोध गरेको छ । त्यस्तो व्यवस्था नगरे कानूनअनुसार कारबाही हुनेछ ।

यस्तै अभिमुखीकरण तालिमको शुल्क ७०० रुपैयाँ मात्र तोकिएको छ । त्योभन्दा धेरै शुल्क लिएको सूचना आएमा तालिम प्रदायक संस्थाको अनुमति स्वतः रद्द हुनेछ ।

महानिर्देशक आचार्यकाअनुसार आजदेखि विभागले हरेक तीन दिनमा दर्ता भएका मुद्दाको विवरण ९प्रतिवादीको नाम, ठेगाना र बिगो रकमसहित० आफ्नो वेबसाइटमा सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार