Skip to content

आगामी आर्थिक वर्षको बजेट लेख्न समिति गठन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ ।

अर्थ मन्त्रालयले बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्ने मुख्य जिम्मेवारीसहित राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा समिति बनाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । उक्त समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यका रूपमा चयन गरिएको छ ।

समितिको सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा।सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा।धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

यो समितिले मुख्य गरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ ।

सङ्घीय संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन कार्य पनि यसै टोलीले गर्ने छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसद्‌मा पेस गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार गरी पेस गर्ने कार्यभार समेत यस समितिलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार