काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा अपेक्षित आवेदन नपरेपछि चैत २२ सम्म तोकिएको म्याद बढाएर अब वैशाख ७ गतेसम्म कायम गरिएको जनाएको छ ।
तोकिएको समयअघि नै मागभन्दा बढी आवेदन परेमा भने निष्कासन प्रक्रिया अगावै बन्द गरिनेछ । नेपाल धितोपत्र बोर्ड बाट ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा ७ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । आवेदन न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म दिन सकिनेछ ।
आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आवेदन सिन्धु विकास बैंक र कुमारी बैंकका तोकिएका शाखाबाट तथा आस्बा प्रणालीमार्फत पनि दिन सकिने व्यवस्था गरिएको छ । साथै आवेदन फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्