काठमाण्डौ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक साढे २ प्रतिशतले बढेको छ ।
आज २५१ वटा कम्पनीको शेयर बढेकोमा १५ वटाको घटेको छ । यस्तै आशा लघुवित्त र मेन्छियाम हाइड्रोपावरको शेयर घटबढ भएको छैन ।
आज रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शनको शेयर सबैभन्दा धेरै ४ दशमलव ३५ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ८ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्