काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १३.४६ अंकले घटेर २८३७.७७ को बिन्दुमा बन्द भएको छ । यस दिन ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । यस दिन ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३३५ कम्पनीका २ करोड १० लाख ८७ हजार ६६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५१ करोड ३२ लाख ९९ हजार रुपैँया बराबरको कारोबार भएको छ । आज ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र शिखर पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ ।एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ४।१७ प्रतिशत घटेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्