काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वर्षमा ७ हजार ६४८ वटा विपद्का घटना भएका जनाएको छ ।
यसमध्ये आगलागी र डढेलोका घटना सबैभन्दा बढी छन् । आवश्यक सावधानी नअपनाउदा, जनचेतनाको अभाव, वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्तिका कारण आगलागी तथा डढेलोका घटना बढेको प्राधिकरणको भनाइ छ ।
गएको वैशाखदेखि चैतसम्मको अवधिमा देशभर आगलागीका ३ हजार ७२० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १०५ जनाको ज्यान गएको छ ।
प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउन, प्रज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्न समेत सबैमा अनुरोध गर्दै आएको छ ।
सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्