Skip to content

सुनको मूल्य सामान्य बढ्यो

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ । आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।

आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार