काठमामाडौं । वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताएकी छिन् ।
वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएतापनि अहिले यस क्षेत्र संकटमा रहेको चिन्ता व्यक्त गरिन् ।
मन्त्री चौधरीले वनस्पति स्रोतलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै संकटमा पर्ने धारणा राखिन् ।
उनले भनिन्,‘हामीले लिने अक्सिजन देखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान रहेको छ ।
तर मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेका छन् । यसलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके हामी आफै आफ्नो भविष्य संकटमा पार्न सक्छौं ।’
त्यस्तै उनले अझैपनि वनस्पतिको कच्चा पदार्थको निर्यात गर्ने परम्परा तोड्न नसकेको बताउँदै उनले अबको बाटो भनेको अनुसन्धान प्रविधिको रहेको धारणा राखे ।
अहिलेको सरकारले नीति र ऐनहरुको विषयमा प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको भन्दै वनस्पति विभाग सम्बन्धी आवश्यक नीति कानुनहरु पनि निर्माण गरिने विश्वास दिलाइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्