Skip to content

दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटको पेसी संयुक्त इजलासमा

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेसी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि गत चैत १५ मा पक्राउ परेका खड्कालाई गैरकानूनी थुनामा राखिएको जिकिरसहित रिहाइको माग गर्दै पत्नी विनिता थापाले रिट दायर गरेकी छन् ।

बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मागेको छ । सँगै आजलाई पेसी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार