Skip to content

सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन आज तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ५ हजार २२५ रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ अस्ति शुक्रबार तोलाको पाँच हजार १३० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार