Skip to content

नेप्से परिसूचक २६ अंकले घट्यो, ६ अर्बको मात्रै कारोबार

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ ।

आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४६, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३१ निर्जीवन बीमा शून्य दशमलव ३९ र व्यापार समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

हिमालयन बैङ्क लिमिटेड बण्ड २०८६ को शेयर मूल्य आज सबैभन्दा धेरै छ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार