काठमाडौं । काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ )जिफन्ट) ले मे दिवस २०८३ को अवसरमा राजधानीमा र्याली आयोजना गरेको छ। ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिस प्रविधिसँग प्रगति – श्रमिकसँग समृद्धि’ भन्ने नारासहित निकालिएको र्यालीमा विभिन्न पेशा तथा क्षेत्रका श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्याली काठमाडौं का विभिन्न स्थान परिक्रमा गर्दै सम्पन्न भएको थियो। सहभागीहरूले श्रमिक अधिकारको सुनिश्चितता, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा सुरक्षित कार्यस्थलको माग गर्दै नाराबाजी गरेका थिए। जिफन्टका पदाधिकारीहरूले श्रमिकहरूको हकहित संरक्षण र प्रविधिमैत्री सीप विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले राज्य र निजी क्षेत्रले श्रमिकमैत्री नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।
हरेक वर्ष मे १ मा मनाइने मे दिवसका अवसरमा नेपालसहित विश्वभर श्रमिक अधिकार र सम्मानका पक्षमा विविध कार्यक्रमहरू आयोजना गरिने गरिन्छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्