काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बस्ने भएको हो ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल हुनेछ । यस्तै, समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान—प्रदान तथा विविध विषयमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल र समितिको कार्यक्षेत्रका बारेमा छलफल हुने छ ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले सम्पादन गरेको कामकारबाहीको जानकारी र आगामी कार्यदिशा र समितिको कार्यक्षेत्रबारे प्रारम्भिक छलफल हुने भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्