Skip to content

संविधान संशोधन बहसपत्र कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै

कालोपाटी

५४ मिनेट अगाडि

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो तीन बजेदेखि पाँच बजेसम्म उक्त परामर्श गर्न लागेको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार