Skip to content

नेप्से ६ अंकले बढ्याे, कारोबार रकम ३ अर्बमुनि खुम्चियो

कालोपाटी

४१ मिनेट अगाडि

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक आज ६.९४ अंक बढेर २ हजार ७१८ अंकमा कायम भएको छ ।

पछिल्लो केही दिनयता बजारको उतारचढाव न्यून भएको छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ ।

नेप्सेमा आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा दुई अर्ब ९३ करोड १९ लाख ६८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ३०, लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

वित्त समूह शून्य दशमलव ०८, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बीमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १७ करोड ६८ लाख ३३ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार