काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनुभएको छ । पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्वासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताउनुभयो ।
भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाडिने सभापति लामिछानेले प्रतिबद्धता जनाउनुभयो । खोलाको छेउमा अव्यवस्थित रूपमा, असुरक्षित ढङ्गले बसेका र हाकाहाकी गैरकानूनी रूपमा हडपिएको अवस्थामा कदम चलेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ ।
सुकुम्वासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको बताउनुभयो । देश पहिले ट्र्याक बाहिर रहेकोले रास्वपा सरकारले ट्र्याकमा ल्याउने कोशिश गरिरहेको उहाँको जिकिर छ ।
सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै सभापति लामिछानेले विकास निर्माणलाई द्रूतगतिमा अगाडि बढाउन र आवश्यक नीति, नियमका लागि अध्यादेश ल्याउनु परेको स्पष्टीकरण दिनुभयो । उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभयो ।
यस्तै प्रधानन्यायधीश सिफारिशबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताउनुभयो ।
संवैधानिक परिषदमा आएका नामहरूमध्येबाट बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो रु भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्