काठमाण्डौ – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से ४.१५ अङ्कले घटेर २ हजार ७४० दशमलव २५ विन्दुमा झरेको छ । हिजो शेयर बजार ३९ अङ्कले ओरालो लागेको थियो ।
आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १७६ वटा कम्पनीको शेयर घटेकोमा ८२ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज धौलागिरि लघुवित्तको शेयर ११ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एशियन हाइड्रोपावरको शेयर ११ दशमलव ४२ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३३९ वटा कम्पनीका ५६ लाख ४३ हजार कित्ता शेयर २ अर्ब ८० करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्