काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमी मा भर्ना प्रक्रियामा ‘कल सेन्टर शैली’ अपनाइएको भन्दै गम्भीर आरोप लागेको छ।
कलेजले SEE दिएका विद्यार्थीहरूको व्यक्तिगत विवरण विभिन्न माध्यमबाट संकलन गरी अनुमति बिना प्रयोग गर्ने गरेको दाबी गरिएको छ। उक्त डाटालाई भर्ना अभियानमा प्रयोग गरिएको र यसले विद्यार्थीको गोपनीयतामाथि प्रश्न उठाएको आरोप छ।
त्यसैगरी, कलेजमा शिक्षकहरूलाई पढाउने भूमिकाभन्दा बाहिर गएर विद्यार्थीलाई फोन गर्ने, भर्ना गराउने जस्ता कार्यमा संलग्न गराइएको गुनासो पनि सार्वजनिक भएको छ। शिक्षकलाई दैनिक टार्गेट तोक्ने र दबाब दिने गरिएको भन्दै यसले शिक्षण वातावरण कमजोर बनाएको अभिभावकहरूको भनाइ छ।
शिक्षक र अभिभावकको असन्तुष्टिका बीच यो विषय शिक्षा क्षेत्रको व्यापारिकरण र गोपनीयता हननको गम्भीर उदाहरण बनेको टिप्पणी गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्