काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन आज सोमवार शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ०३ अङ्कले घटेर २ हजार ७३० दशमलव ९१ विन्दुमा झरेको छ ।
आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, अन्य बाहेक सबै समूहको सूचक घटेको छ । आज १३२ वटा कम्पनीको शेयर घटेकोमा ११९ वटाको बढेको छ । यस्तै १८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज निफ्रा ऊर्जा ऋणपत्रको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन इङ्गवा हाइड्रोपावरको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ३ अर्ब ९ करोडको कारोबार भएकोमा आज ३३९ वटा कम्पनीका ५८ लाख २८ हजार कित्ता शेयर २ अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्