Skip to content

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजे

कालोपाटी

१० मिनेट अगाडि

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको सुनुवाइ दिउँसो साढे १ बजे हुने भएको छ ।

संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले दिउँसो १ बजे सुनुवाइ हुने भन्दै उपस्थित हुने व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र लेखेका छन् ।

शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्। संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

समितिमा बिहान शर्माविरूद्ध परेका उजुरीबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार