Skip to content

सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै थपियो ५ खर्ब ३२ अर्ब

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । नेपाल सरकारको सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्ष २०८२र८३ को बैशाख मसान्तसम्म २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको सुरुवातमा रहेको २६ खर्ब ७४ अर्ब रुपैयाँ ऋण दश महिनामै करिब ३ खर्ब रुपैयाँले बढेको हो।

हाल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५.०८ प्रतिशत पुगेको छ। कुल ऋणमध्ये बाह्य ऋण ५३.५७ प्रतिशत र आन्तरिक ऋण ४६.४३ प्रतिशत रहेको कार्यालयले जनाएको छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दा विनिमय दरकै कारण १६ अर्ब ७७ करोड रुपैयाँ थप दायित्व बढेको छ।

सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखे पनि बैशाख मसान्तसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ मात्र परिचालन भएको छ। बाह्य ऋणको प्रगति कमजोर रहेपछि सरकारले आन्तरिक ऋणमा निर्भरता बढाएको देखिएको छ।

यस्तै, ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै हालसम्म २ खर्ब ९२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। अर्थविद्हरूले ऋणको उपयोगिता र प्रतिफल प्रभावकारी नभए दीर्घकालमा अर्थतन्त्रमा थप दबाब पर्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार