Skip to content

सुनको भाउ तोलामा १ हजार ८ सय बढ्यो

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा भने सुन तोलामा ८ हजार ७ सय रुपैयाँ घटेको हो । गत बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९६० रुपैयाँ रहेको चाँदी आज ५ हजार ५० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार