काठमाण्डौ । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो ।
सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो । त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिइएको हो ।
जेठ १५ गते शुक्रवार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ । शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्