Skip to content

शेयर बजार १६ अङ्कले बढ्यो, साढे ४ अर्ब रुपैयाँको कारोबार

कालोपाटी

११ मिनेट अगाडि

काठमाडौँ । हिजो घटेको शेयर बजार आज बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से १६ दशमलव ३८ अङ्कले बढेर २ हजार ७५८ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको सूचक बढेकोमा जलविद्युत् समूहको सूचक १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ । आज २०३ वटा कम्पनीको शेयर बढ्दा ५७ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४ दशमलव ८१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डको शेयर २ दशमलव ५९ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३३६ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार