काठमाडौँ । मधेश प्रदेश सरकारबाट नेकपाले समर्थन फिर्ता लिने भएको छ ।
नेकपा उच्च स्रोतका अनुसार गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरूलाई पेल्न खोजेको निष्कर्ष निकाल्दै नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।
नेकपाका नेताहरूले केहीबेरमै प्रदेश प्रमुखलाई भेटेर समर्थन फिर्तासम्बन्धी पत्र बुझाउने तयारी गरेका छन् ।
केही समयअघि मात्रै जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीलाई सरकारबाट बाहिर राख्दै नेपाली कांग्रेस, एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेको थियो । तर, नयाँ समीकरण बनेको ४ दिनमै गठबन्धन संकटमा परेको छ ।
समर्थन फिर्तासँगै मधेश प्रदेशको सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्