काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलबार चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्