काठमाण्डौ । सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो जानकारी गराउनुभएको हो ।
अर्थमन्त्रीका अनुसार ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनर्संरचना गरिने छ ।
उहाँले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवा सुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाइएको बताउनुभयो । साधारण खर्चमा मितव्ययिता कायम गरिने अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्