Skip to content

सुनको मूल्यमा नयाँ कीर्तिमान ,तोलामा २० हजार ५०० रुपैयाँ

कालोपाटी

९ मिनेट अगाडि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको हो ।

शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आइबार चाँदीको मूल्य ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ४५ रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार