काठमाण्डौ । सिरहामा माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४ सय ९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ ।
गएको चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो नष्ट गरिएको हो ।
बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ । केही अभिभावकले जरिवाना लिएर एक पटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए । तर, सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ ।
मधेश प्रदेशमा एसइई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो सङ्ख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्