Skip to content

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

कालोपाटी

६ घण्टा अगाडि

काठमाण्डौ । आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो । गएको २१ गतेदेखि सुनको भाउ निरन्तर घटिरहेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।

हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज भने १० रुपैयाँले बढेको हो । आज तोलाको चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार