काठमाण्डौ । विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो ।
महानिर्देशक अर्यालसँग ५ लाख रूपैयाँ धरौटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग चार लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग तीन लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंसँग तीन लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई पाँच लाख धरौटी माग भएको छ ।
तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र तत्कालीन उपसचिव ९कानुन० राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ ।
गएको असार ८ गते अख्तियारले महानिर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै उनीहरूमाथि अख्तियारले १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रूपैयाँ बिगो कायम गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्