Skip to content

किन ‘सुपर फ्लप’ भयो आइएम जितबहादुर ?

कालोपाटी

५४ मिनेट अगाडि

साथीहरुले फिल्म बनाए, गज्जबको पैसा कमाए, अव म पनि बोराका बोरा पैसा बटुल्छु भन्ने सोच्ने, तर फिल्मचाहिँ दिक्क लाग्दो बनाएपछि के हुन्छ ? यो प्रश्नको छोटो जवाफ हुन सक्छ ‘आइएम जित बहादुर हुन्छ’ । फिल्मको व्यापार यतिसम्म दयनीय भयो कि के भन्ने ?

हो, फिल्म गतिलो नबनाएपछि दर्शकले रुचाउँदैनन् । दर्शकले नहेरेपछि फिल्म फ्लप हुन्छ । आईएम जित बहादुर त फ्लप मात्र होइन, सुपर डुपर फ्लप भयो । लगानी पानीमा गयो, जितु नेपालको करियरमै बिग ह्वाट लाग्यो । आखिर आइएम जित बहादुर किन सुपर फ्लप भयो त ? आउनुहोस् मुख्य ५ कारण बारे चर्चा गरौँ ।
१. आइएम जितबहादुर फिल्म नै झुर बनेको रहेछ । न कथा राम्रो, न प्रस्तुती । दर्शकले हेर्ने खालको फिल्म नै बनेको रहेनछ । अनि यस्तो फिल्म फ्लप नभएर के हुन्छ त ?
२. जितु नेपाल पूराना कलाकार हुन् । तर फिल्ममा उनको अभिनय नै पुरानो ढर्राको छ । बर्षा राउत र प्रियंका कार्कीले धन्न इज्जत धानिदिएका छ कलाकारिताको । जितु नेपाललाई सायद निर्माता हुनुको तनावले हुन सक्छ, फिल्ममा उनको प्रस्तुती निकै फितलो देखिन्छ ।
३. फिल्म नै गतिलो नभएपछि सायद निर्मातालाई पनि आत्मविश्वास भएन । त्यसपछि कन्जुसी भयो प्रमोसनमा पनि । परिणाम फिल्म फ्लप हुने नै भयो ।
अवदेखि फिल्म बनाउँदा निर्माताहरुले आइएम जितबहादुरको हरिबिजोग सम्झिउन् । सायद जितु नेपालले त अव फिल्म बनाउने चेष्टा नै गर्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार