Skip to content

मौद्रिक नीतिले बढाउन सकेन शेयर बजार, नेप्से ३० अङ्कले घट्यो

कालोपाटी

५ घण्टा अगाडि

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०९ अङ्कले घटेर २ हजार ६२१ दशमलव ५९ विन्दुमा झरेको छ । हिजो नेप्से २४ अङ्कले बढेको थियो ।

हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत् समूहको उपसूचक १ दशमलव ७० प्रतिशतले ओरालो लागेको छ ।

आज २४७ वटा कम्पनीको शेयर घटेकोमा २५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर झन्डै साढे १३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिटिजन्स बैंकको डिबेन्चर ८ दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर ४ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार