Skip to content

लगातार ३ दिन बढेको शेयर बजार २ हजार ६०० विन्दु नजिकै

कालोपाटी

२२ मिनेट अगाडि

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ५० अङ्कले बढेर २ हजार ५९७ दशमलव ८० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकोमा माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १२० वटा कम्पनीको शेयर बढेकोमा १५२ वटाको घटेको छ । यस्तै दोल्ती पावर, जीवन विकास लघुवित्त र तेह्रथुम पावरको शेयर भने घटबढ भएको छैन ।

आज एनआईबीएल ग्रोथ फन्डको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ८ दशमलव ७७ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३७१ वटा कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार