Skip to content

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको ४ हजार ३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार