Skip to content

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

कालोपाटी

१० मिनेट अगाडि

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ । उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन् ।

प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियोे। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआईबीस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार