काठमाण्डौ । हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो घटबढ नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको हो । अस्ति आइतवार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ तोलामा ६ सय ५ रुपैयाँले घटेको छ । हिजो ४० रुपैयाँले बढेको चाँदीको भाउ आज ६ सय ५ रुपैयाँले घटेर तोलाको ३ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्