Skip to content

शेयर बजार लगातार तेस्रो कारोबार दिन घट्यो

कालोपाटी

१४ मिनेट अगाडि

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज ९.०२ अङ्कले घटेर २ हजार ६४१.०६ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १७९ वटा कम्पनीको शेयर घटेकोमा ८२ वटाको बढेको छ । यस्तै १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज रिलायबल समृद्धि योजना–२ को शेयर ९।७० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर झन्डै साढे ८ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ३ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार