काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।
निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन् ।
निगमले ती स्थानमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्