काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बोलाइएको हो ।
केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत हुँदैछन् ।
केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पास गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्