काठमाडौं । नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । बिहीबार ९ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै शुक्रबार सुनको मूल्य ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ । बिहीबार ९ हजार ३०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो ।
तर, बुधबार भने ५ हजार ६०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको सुनको मंगलबार स्थिर रहँदै ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको थियो । आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य तोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो ।
बुधबार चाँदीको मूल्य तोला १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा झरेको थियो । मंगलबार चाँदीको मूल्य तोला १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्