धनगढी, जेठ २ ।
सुदूरपश्चिमको कैलालीसँग सिमाना जोडिएका सीमावर्ती भारतीय सहरमा अलपत्र परेका ४७२ जना नेपालीको आज उद्धार गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरुलाई आज स्वदेश फर्काइएको हो । भारतको पलियामा रहेको क्वारेन्टाइनमा अवधि सकिएका दुई सय बढिको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
छिमेकी मुलुक भारतको सिमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई आज नेपाल प्रवेश गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, स्वदेश भित्रिने सबैको स्वास्थ्य परिक्षण गरि गृह जिल्ला पठाइने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्