Skip to content

उपलब्धिमूलक दुई वर्षपछि चलचित्र विकास बोर्डबाट बिदा भए दिनेश डिसी

कालोपाटी

१९ मिनेट अगाडि

काठमाडौँ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव तथा चलचित्र विकास बोर्डका सदस्य-सचिव सबिन सिंह चौधरी, बोर्ड सदस्य सन्तोष बाबु लोहनी तथा बोर्डका कर्मचारीहरूको उपस्थितिमा अध्यक्ष डिसीलाई बिदाइ गरिएको हो ।

डिसी २०८१ भदौ १३ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनी बोर्डका १८औँ अध्यक्ष हुन् । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेयता डिसीले सिनेमा क्षेत्रको विकास तथा बोर्डको कार्य प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न काम अघि बढाएका थिए ।

उनकै कार्यकालमा साप्ताहिक रूपमा रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था, सिनेकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन, बोर्डका कामलाई डिजिटलाइजेसन गर्ने प्रक्रिया, ‘स्टोरी बैंक’ स्थापना तथा विगत २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ सिनेमालाई सम्मान गर्नेजस्ता महत्वपूर्ण काम भएका छन् ।

यी गतिविधिका कारण डिसीको दुई वर्षे कार्यकाललाई सिने क्षेत्रका लागि उपलब्धिमूलक र सफल कार्यकालका रूपमा मूल्यांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार