Skip to content

प्रधानमन्त्री राहत कोषको नाममा ठगी, नक्कली भौचर बनाउने रामेछापका युवा पक्राउ

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं। २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा पोष्टु गरेका थिए। तर, अनुसन्धानका क्रममा उनले सो रकम सहयोग नगरेको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ई(सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको खुलेको छ।

उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत त्तच् कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ। मानिसहरूले राहत कोषमा पैसा पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार