भदौ महिनाको आर्थिक राशिफल
धनु राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ७० प्रतिशत राम्रो देखिन्छ। कतै लगानी गर्ने सोच्दै हुनुहुन्छ भने मंगलबार र बिहीबार गर्दा राम्रो हुने देखिन्छ। वृश्चिक राशिका व्यक्तिहरूलाई यो महिनामा पहेंलो र रातो रंग फाप्ने देखिन्छ। सरकारी जागिर वा व्यवसायबाट विशेष सफलता मिल्नेछ। इच्छा शक्ति वृद्धि हुनेछ। अन्तर्राष्ट्रिय सम्पर्कबाट लाभ उठाउन सकिनेछ। जग्गा जमिन र ठेक्कापट्टा आदिबाट विशेष लाभ उठाउन सकिनेछ ।
आफन्तलाई खुसि बनाउँदा काममा आएको बाधा हट्नेछ । दुःख धरै भएपनि शक्ति बढेको महशुस हुनेछ । आफ्नै बलमा केहि गर्छु भन्ने अठोट जाग्नेछ । यो राशि हुनेहरूका लागि भदौ ६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
धनु राशि भएका व्यक्तिहरूका लागि २०८२ साल फलदायी रहनेछ। नयाँ व्यापार व्यवसायको सुरुवात गर्न सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि समय उत्तम छ । घर जग्गाको कारोबारबाट राम्रो आम्दानी गर्न सकिनेछ ।
कृषि क्षेत्र, बिद्धुत र कपडाको व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । बैदेशिक रोजगारीबाट पनि सफलता प्राप्त गर्न सकिनेछ । आकस्मिक सफलताको योग देखिएको छ। आय बढेको महसुस हुनेछ।
यता, अरुको झैँ झगडा सुल्झाउन खोज्दा आर्थिक नोक्सानी झेल्नुपर्ने देखिन्छ। सवारी साधन चलाउँदा सावधान रहनुपर्ने देखिन्छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्