भदौ महिनाको आर्थिक राशिफल
मिथुन राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ७५ प्रतिशत राम्रो देखिन्छ। सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुने देखिन्छ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। जग्गा जमिनबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। नोकरी वा पेशामा वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्नाले आर्थिक पक्ष राम्रो हुने देखिन्छ।
टाडिएका आफन्तहरू नजिक हुनेछन्। साझेदारी व्यापारमा राम्रो फड्को हात पार्न सकिनेछ। विचार पुराएर बुधबार सेयर बजारमा लगानी गर्दा फाइदा उठाउन सकिनेछ। यो राशिका व्यक्तिहरूलाई भदौ महिनामा रातो रंग फाप्ने देखिन्छ। यो राशि हुनेहरूका लागि भदौ १० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
मिथुन राशि भएका व्यक्तिहरूका लागि २०८२ साल मध्यम देखिन्छ । नयाँ कामको थालनी नगर्दा राम्रो होला। पाप कर्म गर्नाले मुद्धामामिलामा फस्न सकिनेछ। काममा झमेला आएपनि पैसा भने मनग्य कमाउन सकिनेछ ।
दुखिहरूलाई सहयोग गर्दा त्यसको सकारात्मक असर जागिर वा व्यवसायमा पर्ने देखिन्छ । कसैलाई दिएको तर माया मारिसकेको सापटी रकम पनि फिर्ता आउन सक्छ ।
घरजग्गा र सेयर कारोबार गर्दा धेरै सोचविचार गर्नुपर्ने देखिन्छ। बैंक तथा वित्तीय संस्थामा नयाँ जागिरको योग देखीएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्