Skip to content

सिंह राशि

कालोपाटी

३ महिना अगाडि

भदौ महिनाको आर्थिक राशिफल

सिंह राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ७० प्रतिशत राम्रो देखिन्छ। नसोचेको ठाउँबाट आम्दानी हुनेछ।  नम्र बोलीको प्रभावले काम बन्न सक्छ।  वैदेशिक क्षेत्रमा भने शुक्रबार लगानी गर्दा राम्रो हुनेछ। नयाँ व्यवसाय सुरु गर्दा भने विचार पुराउनपर्ने देखिन्छ। यता, खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुने देखिन्छ।  धन नाश हुने योग छ। दाम्पत्य जीवनमा आपसी मनमुटाब रहन सक्नेछ।

मंगलको दोस्रो भावमा गोचरले गर्दा खर्चमा नियन्त्रण राख्नुपर्ने देखिन्छ। अनावश्यक वस्तुमा खर्च हुनेछ, प्रेम सम्बन्धमा भने नयाँ अवसरहरू आउन सक्नेछ। आयआर्जनका नयाँ अवसरहरू प्रशस्त हुनेछन्। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्दा राम्रो फाइदा हुने देखिन्छ। यो राशि हुनेहरूका लागि भदौ २५  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफ

सिंह राशि भएका व्यक्तिहरूका लागि २०८२ साल औसत देखिन्छ । गरेको र आँटेको काम सहजै सम्पन्न हुने देखिन्छ।
सेयर बजारमा लाग्नेहरुका लागि यो वर्ष मध्यम छ।
कतै लगानी गर्दा धेरै सोचविचार गरेर मात्र गर्नुपर्ने हुन्छ।  सुन चाँदीको व्यापारमा पनि सफलता मिल्ने देखिन्छ । वैदेशिक यात्राको योग देखिएकाले पैसा भने फस्ने योग देखिएको छ।
स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि पाउन गाह्रो हुनेछ। लहैलहैमा गरेको श्रमको उचित प्रतिफल नमिल्ला।

प्रतिक्रिया दिनुहोस्