नेपालमा पहिलो पटक कोरोनाका कारण ज्यान गुमाईन सिन्धुपाल्चोककी २९ वर्षिय महिलाले

मृत्यु
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ४ ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको कारण एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षिय महिलामा स्वास्प्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

कोरोना भाइरसको आशंकामा धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएकोका महिलो रिपोर्ट पोजेटिभ आएपछि मृत्युको कारण कोरोना भाइरस रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ठि गरेको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई अस्पताल ल्याइएको थियो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले भने, ‘श्वासप्रश्वासमा समस्या भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्, उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ ।’ ती महिला सिन्धुपाल्चोक जिल्ला बाह्राविसे नगरपालिका वडा नं. ९ निवासी हुन् । गत वैशाख २७ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्।

तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो। ती महिलालाई बिहीबार साँझ धुलिखेल अस्पताल ल्याइएको थियो ।

Image may contain: text

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्