धनगढीमा खाद्यान्नको ट्रकबाट मदिरा बरामद, १० दिन म्याद थप गरि अनुसन्धान गरिदै

मदिरा बरामद
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ५ ।
धनगढीमा नुन लगाएको खाद्यान्न बोकेको मिनि ट्रकबाट मदिरा बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालीका वडा नम्बर ४ अस्थाई प्रहरी पोष्ट चटकपुरबाट लुकाईछिपाई लैजादै गरेको अवस्थामा मदिरा बरामद गरिएको हो ।

प्रहरी सहायक निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिईएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने नरेन्द्र सिंह महराले चलाई राखेको से.१ ख.२०१० नम्बरको मिनि ट्रक धनगढीबाट अतरिया तर्फ गईरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खाद्यान्न बोकेको उक्त मिनि ट्रकमा चेकजाँच गर्दा १२६ पेटी रोज नामक मदिरा अन्दाजी रु.१,१५९२५।–(एक लाख पन्ध्र हजार नौ सय पच्चिस) बराबरको मदिरा लुकाई छिपाई लगी रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अहिले निज चालक र ट्रक नियन्त्रणमा लिई सवारी र मदिरा धनी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने दिनेश पन्तलाई समेत पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कैलालीबाट दिन १० म्याद थप गरी थप अनुसन्धान भईरहेको र उक्त मदिरा आन्तरिक राजस्व कार्यालय कैलालीमा बुझाईने प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्